दफा ७७
यो ऐन लागू नहुने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका विषयमा यो ऐन लागू हुने छैन ः–
(क) विनिमेय अधिकारपत्र ऐन, २०३४ मा उल्लेख भए बमोजिमका विनिमेय अधिकारपत्रहरु,
(ख) बकसपत्र, राजीनामा, बन्धकी, कबुलियतपत्र, बण्डापत्र वा त्यस्तै प्रकृतिका अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने लिखतहरु,
(ग) अचल सम्पत्ति उपर हक वा स्वामित्व जनाउने अन्य कुनै लिखतहरु,
(घ) वारेसनामा, फिरादपत्र, प्रतिउत्तरपत्र वा त्यस्तै अन्य प्रकारका अदालती कारबाहीमा प्रयोग हुने लिखतहरु,
(ङ) दाबीपत्र, प्रतिदाबीपत्र, प्रतिवादपत्र वा मध्यस्थताको कारबाहीमा लिखित रुपमा पेश गर्नुपर्ने अन्य त्यस्तै लिखतहरु,
(च) प्रचलित कानूनले विद्युतीय स्वरुपमा राख्न नहुने भनी तोकेका लिखतहरु ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उपदफा (१) मा उल्लिखित लिखतहरुमा आवश्यकतानुसार थपघट गर्न सक्नेछ ।